प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘कोभिड–१९’ को संक्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिए ।

‘पार्टीले ठूला भेला र सम्मेलनलाई यसअघि नै स्थगन गरेको, कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर क्रियाशील सदस्यता वितरण र नवीकरणलाई स्थगन गरेका हौं’–उनले भने । कांग्रेसले सहरदेखि गाउँ हुँदै घरसम्म कोरोनाभाइरससम्बन्धी जनचेतना फैलाउन सबै लाग्ने बताएको छ ।

पार्टी प्रवक्ता शर्माले जिल्ला, क्षेत्र, नगर, गाउँ हुँदै टोलसम्म कोरोना जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहका लागि स्वयंसेवी भूमिका निभाउन सबैलाई आग्रह गरिएको बताए । कांग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिने बताएको छ । केन्द्रीय कार्यालय भने बन्द नरहने कांग्रेसले जनाएको छ । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।