चैत ८ – कोरोना भाइरस (कोभिड १९)को संक्रमण चीनको वुहान हुँदै अहिले विश्वभरि नै फैलिसकेको छ। कोरोना जनावरबाट मानिसमा र पर्याप्त जानकारीको अभावमा विश्वभरि फैलिएको हो।

यो भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर ३ हजार बढी मानिसहरुको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।

यहाँ कोरोनाको बारेमा विभिन्न प्रश्न र तिनका समाधानको बारेमा चर्चा गरिएको छ।

कोरोना के हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस‚ विभिन्न भाइरसहरूको समूह हो। यो भाइरस सुरु(सुरुमा सामान्य रुघा खोकीबाट सुरु भई पछि ज्यानै लिने किसिमको हुन्छ। यो भाइरस मानिस र जनावरमा दुवैमा देखिन सक्छ।

चीनको वुहान सहरबाट फैलन सुरु भएको यो भाइरसको लक्षण सार्स र मर्सको जस्तै लक्षण हुने बताइएको छ। यसको सुरु(सुरुमा श्वास प्रश्वासको समस्यादेखि पछि निमोनिया हुने‚ मिर्गौलाले काम गर्न छाड्ने र कलेजोमा तरल पदार्थमा वृद्धि हुनेजस्ता लक्षण हुन्छन्।

कसरी फैलन्छ यो भाइरस ?
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड-१९ भनी औपचारिक नाम दिएको छ। यो भाइरस सार्सभन्दा सजिलै सर्न सक्ने विज्ञहरूको बुझाइ छ।

यो सरुवा भएकाले पनि मानिसहरूमा यसले अझ महामारी फैलाउन सक्ने आशंका गरिएको छ।

कोरोनाको पहिचान हुन नै करिब २ हप्ता कुर्नुपर्ने र यसअघि नै कोरोना मानिसमा सरिसक्ने भएकाले यसको जोखिम बढेको हो। सार्स भाइरस मानिसमा पूर्णरुपमा विकसित भइसकेपछिमात्रै अरुमा सर्ने भएकाले यसको नियन्त्रणमा केही सहज भएको थियो।

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनको एक रिपोर्टअनुसार कोभिड(१९ को संक्रमणको उच्च जोखिम मानिसमा यसका लक्षणहरू देखिन थालेपछि क्रमशः हुने उल्लेख छ। कोरोना भाइरस फ्लूजस्तै गरी फैलने सो रिपोर्टमा उल्लेख गरिएको छ।

कसमा कोरोनाको उच्च जोखिम हुन्छ ?
श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जोखिम हुने बताइएको छ। यीमध्ये पनि पुरुषमा यसको जोखिम बढी हुने बताइएको छ।

यसका विभिन्न लक्षणहरूका बारेमा बाहिर आइरहेका बेला अझ नयाँ(नयाँ लक्षणहरू देखापरिरहेका छन्।

‘हाम्रो रोग प्रतिरोधात्मक क्षमताले ब्याक्टेरियासँग कसरी जुधिरहेको छ भन्ने कुराले यसको जोखिम निर्धारण हुन्छ’, टोरोन्टो विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ अलिसन म्याकगियरले भने।

कोरोनाको लक्षण सामान्यतः श्वासप्रश्वास नै हो। सिडिसीका अनुसार रुघाखोकी‚ मन्द श्वास प्रश्वास यसका मुख्य लक्षणभित्र पर्छन्। ज्वरो पनि प्रमुख लक्षणभित्रै पर्छ। यसको जोखिम व्यक्तिको उमेर र उसको रोग प्रतिरक्षा क्षमतासँग निर्भर हुन्छ।

विशेषगरी ज्येष्ठ नागरिक‚ जसमा मुटु रोग‚ डायबिटिज र अरु श्वास प्रश्वाससम्बन्धी रोगहरू भएका व्यक्तिहरूलाई सुरुमा निमोनियाबाट सुरु भएर शरीरका अङ्गले काम गर्न छाड्नेसम्म हुन्छ।

क्यालिफोर्निया रेडियो स्टेसनका प्रमुख कार्ल गोल्डमेन‚ तीमध्ये एक हुन्। ‘म कोरोना संक्रमित भएको छु।’ उनले दी पोस्टको विचार पृष्ठमा भनेका छन्‚ ‘तर‚ अहिलेसम्म एकदमै ठूलो असर भने देखापरेको छैन।’ उनी ६० वर्ष पार गरिसकेको जनाइएको छ।

‘शारीरिक दुखाइ आदिले गर्दा अप्ठ्यारो महशुस भएको छैन‚’ उनले भने‚ ‘म राम्रैसँग सास फेरिरहेको छु‚ नाकमा सिँगान जम्ने किसिमका कुनै लक्षण देखिएको छैन। बरु छाती कस्सिएको महशुस भएको छ‚ खोकी लागेको छ। यदि मलाई यही रोग घरमा बस्दा लागेको भए‚ म नियमित काममा जानेथिएँ।’

कसरी गर्ने तयारी ?
कोरोना भाइरसको संक्रमणबाट मानिसमा एक किसिमको त्रास फैलिएको छ। महामारी विज्ञका अनुसार यसको तयारी भनेकै धीरता हो। आँत्तिएर समस्याको हल नहुने र यसको सतर्कता भनेकै यसको सामना गर्नु हो।

‘नआँत्तिऔं‚’ यूसिएलएका महामारी तथा औषधीविज्ञ टिमोथी ब्रिवेरले भने‚ ‘आँत्तिनु र अरुलाई यसबाट उत्पन्न डरको बारेमा अरुलाई सुनाउनाले केही परिवर्तन हुँदैन। डर र भाइरससम्बन्धी नकारात्मक भावनालाई मनमा बस्न नदिऔं।’

यसको नियन्त्रणका लागि सँधै साबुन पानीले हात धुने‚ हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने। यदि बिरामी भएमा घरमा बस्नु नै यसको नियन्त्रणको उचित उपाय हो।

सिडिसीका अनुसार बाथरुम गएपछि‚ हाच्छ्यूँ गरेपछि करीब २० सेकेन्डजति हात धुनुपर्छ। नाङ्गा हातले आँखा‚ नाक‚ मुख नछुनसमेत सिडिसीले आग्रह गरेको छ।

मास्क लगाउनु आवश्यक छ ?
यदि तपाईं पहिलैदेखि बिरामी हुनुहुन्छ र चिकित्सक होइन भने यसको एउटा छोटो उत्तर भनेको ‘नलागाउनु’ नै हुन्छ। मास्क लगाउनु नै यसको नियन्त्रणका लागि पर्याप्त नभएको बताउँदै‚ ‘मास्क लगाउनु भनेको आफूमा रहेको भाइरस अरुमा फैलन नदिनका लागि हो।’ ब्रिवेरले भने।

सामान्य सर्जिकल मास्कले बिरामी व्यक्तिको मुखबाट आउने छिट्टाहरू रोक्ने भएकाले यसको प्रयोग विशेषगरी चिकित्सक र बिरामी व्यक्तिले गर्नु उपयुक्त हुन्छ।

कोरोना लागेका बिरामी निको हुनु भनेको के हो ?
‘सरुवा रोगबाट निको हुनु भनेको एक त रोकथाम अर्को पूर्ण रुपमा निको हुनु हो।’ एमोरि यूनिभर्सिटी अफ मेडिसिनका प्रोफेसर ब्रुस रिब्नरले जानकारी गराए।

यदि कोही सुधारको महशुस गर्छ र सम्बन्धित रोगका लक्षण पनि देखा पर्न छाडेमा त्यसलाई ‘क्लिनिकल्ली क्युअर्ड’ भनिन्छ भने यदि सम्बन्धित डाक्टरले बिरामीलाई निको भएको महशुस गरे र अब सो रोग अरुलाई नसर्ने भन्ने पुष्टी गरेपछि त्यसलाई ‘प्याथोजन क्युर्ड’ भनिन्छ।

कहिले होला पूर्ण नियन्त्रण ?
कोभिड(१९ मौसमी हुन सक्ने विभिन्न विज्ञहरूले बताएका छन्। जाडो मौसममा यसले असर छाडेकाले यसको असर गर्मीमा बिस्तारै कम हुँदै जानसक्ने विश्वास गरिएको छ। यसको अधिक संक्रमण उत्तरी क्षेत्रतिर ज्यादा देखिएकोले पनि यसको असर गर्मीको समयमा कम हुने विश्वास गरिएको छ।

‘यसको बारेमा केही पत्ता लागि नसकेकाले यसले यही नै गर्छ भनेर भन्न सक्ने स्थिति छैन।’ म्याकगियरले भने‚ ‘यो कसरी फैलन्छ भनेर यकीन गरेर भन्न नसकिने स्थिति छ। कोरोना पनि अरू नियमित फ्लूजस्तै भएको तर यो कसर फैलन सक्छ भन्ने विषयमा अझै पनि यकीन गर्न सकिएको छैन।’

-स्वास्थखबरबाट साभार


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।