चैत ७ – यो साता नेप्से १२ सय ६९ दसमलव ३० अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७३ दसमलव ८२ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा यो साता एक सय ७९ कम्पनीहरुको ९३ हजार एक सय २१ वटा कारोवारमा दुई करोड २७ लाख १९ हजार एक सय २२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम आठ अर्ब २६ करोड ९५ लाख दुई हजार सात सय ११ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा एक सय ८० कम्पनीहरुको ५५ हजार छ सय ८१ वटा कारोवारमा एक करोड ४० लाख ४८ हजार नौ सय ११ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ५० करोड ४४ लाख ४० हजार एक सय ७२ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्यदिन नै खुल्ला रहेकोमा पहिलो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो र पाँचौं दिन बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ६४ दसमलव १४ अंकले घटेर १३ सय १३ दसमलव चार अंकमा झरेकोमा सेन्सिटिभ पनि १२ दसमलव ८८ अंकले घटेर दुई सय ८२ दसमलव ६२ अंकमा झरेको थियो । दोस्रो दिन भने नेप्से तीन दसमलव ३५ अंकले बढेर १३ सय १६ दसमलव ३९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले बढेर दुई सय ८३ दसमलव १२ अंकमा पुगेको थियो ।

तेस्रो दिन नेप्से ४४ दसमलव ३३ अंकले घटेर १२ सय ७२ दसमलव छ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दसमलव ५३ अंकले घटेर दुई सय ७४ दसमलव ५९ अंकमा पुगेको थियो । चौंथो दिन भने नेप्से १६ दसमलव २६ अंकले घटेर १२ सय ५५ दसमलव ८० अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दसमलव आठ अंकले घटेर तीन सय चार दसमलव ६९ अंकमा पुगेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से १३ दसमलव पाँच अंकले बढेर १२ सय ६९ दसमलव ७० अंकमा पुगेको थियो भने सेन्सिटिभ दुई दसमलव तीन अंकले बढेर दुई सय ७३ दसमलव ८२ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिली प्राली एनआईसी एशिया बैंक आदि अगाडि परेकाछन् ।

सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, प्रभु लगायतका कम्पनीहरु अगाडि देखिएकाछन् । बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक आदि अगाडि परेकाछन् ।

सेयर सुचीकरण तर्फ भने कृषि बिकसा बैंक, गणपती लघुबित्त बित्तीय संस्था, आईसीएफसी फाईनान्स आदिको बोनस सेयर सुचीकृत भएकाछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।