सांकेतिक तस्बिर

चैत ७ – सुनको मूल्यमा दैनिक उतारचढाव आइरहेको छ । एक दिन मूल्य बढ्ने र अर्को दिन घट्ने भइरहेको छ ।साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । सुन ५ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

बिहीबार ७५ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ५ सयले बढेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।