सांकेतिक तस्बिर

हेटौँडा,७, चैत्र ।
मकवानपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना गम्भिर घाईते भएका छन् । मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ मा आफ्नै घरमा बसेका जगत मोक्तानलाई गोली प्रहार गरि घाईते बनाएका हुन् ।
घरमै बसेको अवस्थामा मोक्तानलाई पछाडिबाट दाइने छातीमा गोलि हानेको कैलाश गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङले जानकारी दिए ।

उनको अवस्था गम्भिर रहेको छ । त्यस घटनाका दोषीलाई प्रहरीले खोजिकार्य गरिरहेको जनाईएको छ । उनलाई उपचारको लागि उपचारको लागि हेलिकप्टरबाट लगिदै गरेको स्थानिय शिक्षक बाबुराम घलानले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।