file photo

चैत ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । विश्वव्यापी त्रास फैलाएको कोरोनाभाइरस (कोभिड १९)को विषयलाई लिएर प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट शुक्रबार अपरान्ह ५ बजे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधन सरकारी संचार माध्यम नेपाल टेलिभिजनले प्रशारण गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेका तयारी र आमनागरिकले अपनाउनु पर्ने सावधानीबारे बताउने छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।