चैत ६ । पछिल्ला दिन वियरिष ट्रेन्डमा रहँदै आएको सेयरबजारमा बिहीबार भने दोहोरो अंकको सुधार आयो ।

कारोबार पनि पछिल्ला दिनका औसत कारोबारको तुलनामा सुधारिएर दुई अर्बनजिक पुग्यो ।

धितोपत्र बोर्डले बुधबार विज्ञप्ति जारी गरी लगानीकर्तालाई हतोत्साही नभइ सुझबुझका साथ लगानी गर्न आग्रह गरेसँगै लगानीकर्ता उत्साहित भएको देखियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १२ सय ६९ अंक पुग्यो । यसदिन कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे ।

यसदिन जीवन बिमा समूह सबैभन्दा उच्च १४० अंकले उक्लिँदा निर्जीवन बिमा समूह पनि ७७ अंकले बढ्यो । लघुवित्त समूह र वाणिज्य बैंक समूह दोहोरो अंकले उकालो लागे । उत्पादनमूलक, व्यापार, विकास बैंक, होटल, वित्त समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीको ५१ लाख ६ हजार कित्ता सेयर एक अर्ब ९० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।