हेटौंडा, ६ चैत – कोरोना भाइसका कारण बाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रीपरिषद्ले बैठकले प्रदेश प्रमुखलाई सिफारिस गर्ने गरेको छ ।

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न सिफारिस गर्ने बागमती प्रदेशको मन्त्रीपरिषदले निर्णय गरेको छ ।

वाग्मती प्रदेशसभाको मंगलबार बैठकमा सांसदहरूले कोरोना भाइरस संक्रमण विषयमा चिन्ता व्यक्त गर्दै बैठक केही दिनका लागि स्थगित गर्न माग गरेका थिए ।

उनीहरूले कोरोनाको प्रभाव रोक्न सरकारले गरेको तयारीप्रति पनि असन्तुष्टि जनाएका थिए ।

सभा सञ्चालन गर्दा कोरोना भइसरको सक्रमण हुने जोखिम बढी भएपछि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि वैठकले सिफारिस गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।