चैत ६ – बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन्।

श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएकी थिइन्।

आजको नागरिक दैनिकले छापेको समाचारअनुसार अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिए पनि परिवारका सदस्यसँग घुलमिल हुनुपर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएकी छन्।

उनले विमानस्थलमा कोरोनाको विभिन्न परीक्षण गराएकी थिइन्।

उनले अन्तर्राष्ट्रिय यात्रा गरिरहेका यात्रुलाई समेत क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।