Image result for गाईको गहुँत र गोबरको

शांकेतिक तस्बिर : गुगल

अहिले विश्वभर कोरोना भाईरसको महामारी फैलिएको छ । हजारौको ज्यान लिईसकेको कोरोनाको हालसम्म कुनै औषधी पत्ता लागिसकेको छैन् । औषधि विज्ञानको लागि बिख्यात रहेका विश्वका केहि देशहरु समेत औषधी उत्पादनको लागि दिनरात नभनि लाग्दा समेत सफलता हाँसिल नगर्दा हाम्रो छिमेकी देश भारतमा भने कोरोनाको औषधी भन्दै गाईको गोबर विक्रि गरिएको छ ।
भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको डानकुनी इलाकाबाट कोरोनाको औषधि भन्दै गाईको गोबर र पिसाब बेच्ने एकजना मानिस पक्राउ परेका हुन् ।

दुध बिक्रेता माबूद अलि नामका ती व्यक्तिमाथि आममानिसलाई धोकाधडी गरेको र धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाइएको छ ।

समाचारअनुसार, अलीलले सोमबारबाटै कोरोनाको औषधि भन्दै गाईको गहुँत र गोबरको बिक्र सुरु गरेका थिए । उनले गाईको गहुँत प्रतिलिटर ५ सय भारु र गाईको गोबरप्रति किलो ५ सय भारुमै बेचिरहेका थिए ।

कलकत्ता र दिल्ली जोड्ने राष्ट्रिय राजमार्गको छेउमा अस्थायी पसल थापेर उनले गाईको गोबर र गहुँत बेचेका हुन् । पसलमा आउने ग्राहकलाई उनले गौंमूत्र र गोबरको सेवनले कोरोना भाइरस आक्रमणको खतरा नहुने बताउने गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।