सांकेतिक तस्विर

 एजेन्सी,धेरैजसोले यौन सम्पर्क भन्नाले योनी–लिङ्ग मैथुनलाई मात्र बुझ्छन् । यौन सम्पर्क योनी–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नु पर्दा आफ्नो यौन साथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौन सम्पर्कलाई गुदा–मैथुन भनिन्छ । धेरै मानिस गुदा मैथुनलाई समलिङ्गी यौन व्यवहार मान्छन् तर, वास्तविकता के हो भने यो समानलिङ्गी व्यक्ति तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाबीच पनि हुन सक्छ । वैवाहिक जोडीको बीचमा पनि यस्तो यौन व्यवहार देखिन्छ ।

यो कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भन्ने मान्यता छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनीको बाह्य भाग जस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन् । अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थी गुदानलीको ठीक अगाडि हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थीको घर्षण हुन्छ ।

कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवम् रोमाञ्चता अनुभव गर्छन् । गुदा मैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनेर मानसिक रूपमा रोमाञ्च लिने चलन छ । यदि आफ्नो साथीमा कुनै संक्रमण छ भने कुनै पनि यौन सम्पर्कमा जस्तै रोग सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदा मैथुनबाट पनि सर्न सक्छन् ।

एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनी–लिङ्ग मैथुनको तुलनामा गुदा मैथुन बढी जोखिमपूर्ण मानिन्छ । त्यसो हुनुको कारण गुदानलीबाट योनीको जस्तो रस निस्कँदैन र त्यसको भित्री छाला पनि पातलो र कमलो हुने भएकाले यौन सम्पर्कले चोट पु¥याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ ।

यौन रोगका अतिरिक्त मलाशयमा अन्य रोगका जीवाणु पनि हुन्छन् । यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदा मैथुन पछि लिङ्ग–योनी मैथुन गरे योनी वा मूत्र प्रणालीको संक्रमण हुनसक्छ । ठूलो आन्द्रा वा मलाशयमा भएको दिसा रोक्ने किसिमको संरचना नै मलद्वारमा हुन्छ । मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ जुन खुम्चिएको अवस्थामा त्यसले मलद्वारलाई पूर्ण रूपमा बन्द गर्छ । यही मांसपेशी प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा रोक्छौं ।

उक्त मांसपेशी बन्द भएका बेला दिसा बाहिर आउन नसक्ने मात्र होइन, बाहिरबाट भित्र कुनै पनि कुरा सजिलै पस्न सक्दैन । यस्तो बेलामा लिङ्ग पसाउन गाह्राे हुन्छ र पसाउन खोजे पनि पीडा हुन्छ । मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जबरजस्ती लिङ्ग, औंला वा अन्य वस्तु वारम्बार पसाइरहँदा उक्त मांसपेशी कमजोर हुने सम्भावना रहन्छ । त्यस्तो भए दिसा रोकेर राख्न केही गाह्राे हुन्छ । उक्त मांसपेशीको कसरत गरेर त्यसलाई बलियो बनाउन सकिन्छ, जसले गर्दा समस्या कम हुनसक्छ । गुदद्वार प्राकृतिक रूपमा यौन सम्पर्कका लागि बनेको अङ्ग होइन । त्यसका अतिरिक्त यसको छाला पनि योनीको तुलनामा निकै पातलो हुन्छ । त्यसैले चोटपटक लाग्न सक्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।