-अनिष चौलागाई
हेटौंडा २५ फागुन । कोरोना भाइरसका कारण यस वर्ष फागु पर्व धूमधामसँग मनाउन नमिल्ने भएको हो । कोरोनाको संक्रमण हुने भएका कारण भीडभाडमा नजान र विशेष सावधानी अपनाउन सरकारले अनुरोध गरेको छ । त्यस्तै, नेपाल प्रहरीले विभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रम गरेर, पर्चा बाँडेर आमनागरिकलाई सचेत बनाउने काम समेत गरिरहेको नै छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीडभाडयुक्त स्थानमा नजान अनुरोध गरेको छ ।

संक्रमण बढ्ने भएकाले नै माहामारीका रूपमा त्यसले विश्वभरि नै आतंक मच्चाइरहेका बेला हामीले विशेष सावधानी पु(याएर होली पर्वलाई निरन्तरता दिनु अत्यावश्यक छ । त्यसैले यस वर्षको होली अन्य वर्षको तुलनामा पृथक रूपमा मनाउनु सान्दर्भिक देखिन्छ । गतबर्षहरुमा हेटौंडा बजार नै होलीमय हुने गरेको थियो । हेटौंडाको बुद्धचोक, स्कूलरोड, भुटनदेवी विद्यालयको खेलमैदान, तथा अन्य स्थानहरुमा युवा युवतीको बाक्लो उपस्थिति रहने गरेकोमा यो वर्षको होली कोरोनाको डरले खल्लो रहने देखिन्छ नै । होलीको अवसरमा विभिन्न स्थानमा स्पिकरसहित नाचगान तथा घैंटो (मट्का) फुटाई कार्यक्रम समेत हुने गरेको थियो । त्यस्तै विभिन्न संघ, संस्था तथा समूहले होली विशेष कार्यक्रम, होली मिलन कार्यक्रम गरेका थिए । होलीको अवसरमा राजनीतिक दलका भातृ संगठनहरुले पनि शुभकामना आदान प्रदान गरेका थिए भने विभिन्न क्लबहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

फागुन शुक्ल पूर्णिमालाई फागु पूर्णिमा अर्थात् होलीका रूपमा धूमधामसँग मनाइन्छ । फागुुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म एक–आपसमा रङ्ग दलेर आपसी सद्भाव, प्रेम र खुसीयालीमा शुभकामना आदान–प्रदान गरी फागु पर्व मनाइन्छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका मन्दिर परिसरमा विभिन्न रङ्गका ध्वजापताकाबाट बनेको चीरलाई विधिवत् रूपमा त्यहाँ ठड्याइएपछि फागुको औपचारिक शुभारम्भ हुन्छ । त्यसपछि भजनकीर्तनका साथ भगवान् कृष्णको पूजाअर्चना गर्छन् र रङ्गहरू खेल्छन् । रङ्गहरूको पर्व फागुलाई होली, होरी, फगुवा आदि नामले पनि चिनिन्छ । हेटौंडामा होलीको दिन विशेष गरि मनाइन्छ भने त्यसको भोलीपल्ट तराईमा मनाइने होलीको दिन पनि मनाइन्छ ।यसरी होली विशेषका लागि ल्याइने कपडा र पिचकारी साथै रङ्गको पनि यो वर्ष व्यापार कम भएको छ । हेटौंडालगायत जिल्लाका सबै क्षेत्रमा होली खेल्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रतिबन्ध लगाएको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले जिल्लामा सभा, समेल्लन तथा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको थियो । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जनमानसमा यसको संक्रमण फैलिन नदिनको लागि भीडभाडमा नजान पनि प्रशासनले अनुरोध गरेको छ । सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएपछि शुक्रबार प्रशासनले सूचना जारी गर्दै होली खेल्ने क्रममा हुने भीडभाडको कारण जोखिम बढ्न सक्ने देखिएकोले होलीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागी नहुन अनुरोध गरेको हो ।

होलीको धार्मिक कथन
धार्मिक कथनानुसार द्वापरयुगमा बालक कृष्णलाई मार्न कंसले पुतना नामकी राक्षसीलाई पठाएको थियो । पुतनाले श्रीकृष्णलाई मार्नका लागि विष भएको दूध खुवाउँदा सफल नभई आफ्नो प्राण त्याग गर्नुपरेकाले सो दिन ब्रजवासीहरूले पुतनालाई जलाई फागुको महोत्सव मनाएको हो भनिन्छ । यसरी यस पर्वले अपराध मनस्थितिको पराजयको सन्देश दिएको पाइन्छ । त्यस्तै, अर्को धार्मिक परम्पराअनुुसार हिरण्यकशिपु नामक दैत्यराजले आफ्नो छोरा प्रह्लादलाई आगोमा जलाएर मार्न आफ्नी बहिनी होलिकालाई लगाएको थियो । होलिकाले आगोले नजलाउने वरदान पाएकी थिई । होलिकाले प्रह्लादलाई काखमा राखेर जलाउन खोज्दा प्रह्लादलाई केही भएन, तर पापवृत्तिका कारण होलिका आफँै जलेर भष्म भई । अहिले पनि पापवृत्तिको प्रतीक होलिका नष्ट भएको सम्झनास्वरूप चीर जलाएर होली मनाउने परम्परा छ । आफूमा भएका नराम्रा भावनालाई चीरसँगै जलाएर हटाउनु र एकापसमा सौहाद्र्ध कायम गर्नु अनि आपसी उमङ्गमा रङ्ग दलेर खुसीयालीमा फागु पर्व मनाउनु नै फागुको विशिष्टता हो ।

नेपालको तराई प्रदेशमा यो पर्व विशेष रूपमा मनाइन्छ भने पहाडी भेगमा एकापसमा रङ्ग दलेर, पानी छ्यापाछ्याप गरी, भगवान् कृष्णको पूजाअर्चना गरी मनाइन्छ । तराई प्रदेशमा पूर्णिमाको भोलिपल्ट र पहाडि जिल्लामा भने पूर्णिमाको दिन फागु पर्व मनाइन्छ । पहाडी भेगको भन्दा तराई भेगको होली विशेष महत्वको हुन्छ । यहाँको फागु पर्व भारतका विभिन्न प्रान्तमा मनाइने फागु वा होलीकै प्रतिरूप भने पनि हुन्छ ।

मकवानपुर प्रशासनले भन्यो भीडभाडयुक्त स्थानमा नजानु

नेपालका सुदूर पश्चिमका थारु समुदायले यो पर्वलाई ठूलो चाडका रूपमा मनाउँछन् । यस दिन आफ्नो गच्छेअनुसार भोज खुवाएर नाचगान गर्दै रमाइलोसँग फागु पर्व मनाइन्छ । थारु सम्प्रदायमा फागुलाई नयाँ वर्षका रूपमा पनि मनाउने गरिन्छ । फागु वा होली नेपालबाहेक विश्वका अन्य मुलुकमा पनि मनाइन्छ । त्यहाँ रङ्ग दलेर, रङ्गीन पानी छ्यापेर नाचगान गरी होली जस्तै चाड मनाइन्छ ।

सकेसम्म होली नखेलौ,खेले पनि सभ्य भएर खेलौ
होली खुसी र उमङ्गका साथ रङ्ग दलेर, भाइचारा वृद्धि गर्ने उद्देश्यले खेलिने चाड हो । त्यसैले कसैको इच्छा, चाहनाविपरीत होली नखेलौँ । संस्कृतिलाई संस्कारमय बनायौँ । सभ्य भएर चाडपर्व मनाऔँ । आफूलाई सभ्य नागरिकको परिचय दिने हो भने हामीले आफ्नो कला, परम्परा र संस्कृतिलाई जोगाउनुपर्छ । हरेक चाडपर्व, परम्परा र संस्कृतिको आफ्नै मूल्य, मान्यता, गरिमा र अस्तित्व हुने हुँदा त्यसलाई जोगाउने प्रयासमा हामीहरू लाग्नुपर्छ । चाडपर्वका नाममा विकृति र झैझगडा बढाएर चाडपर्वको भित्री मर्ममाथि प्रहार गर्नु र त्यसलाई विकृतमय बनाउनु पक्कै पनि राम्रो पक्ष होइन । त्यसैले हामीले हाम्रो सांस्कृतिक परम्परालाई दिगो राख्ने हो भने अरूको नक्कल गर्ने परम्परालाई त्यागेर आफ्नो मूल्य, मान्यता र परम्पराअनुसार चाडपर्वहरूलाई अँगाल्नुपर्छ भने रमेर मनाउनुपर्छ अनि भावी सन्ततिलाई ती परम्पराअनुसार नै रम्ने वातावरण सिर्जना गर्नुपर्छ । होलीमा कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेकाले यो वर्ष होली नखेलौ । यस वर्ष फागु (होली) पर्व नमनाउन गृह मन्त्रालयले सबै नागरिकलाई आग्रह समेत गरेकाछ ।

कोरोना संक्रमण न्युनिकरणका लागि हात नमिलाउने बागमती प्रदेशको निर्णय

होली मनाउन भिडभाड गर्ने, लोलापानी फ्याँक्ने, रङरअबिर दल्ने गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन जोखिम बढ्ने भएकाले यसपटक होली नमनाउन गृहले विशेष आग्रह गरेको हो ।

कोरोनाको जोखिम भएकाले विगतमा जसरी होली नखेलौं: गृह मन्त्रालय

पछिल्लो तथ्याङ्कअनुसार कोरोनाका कारण विश्वमा मर्ने मानिसको सङ्ख्या ३,४३६ पुगेको छ । यस्तै यो रोगबाट एक लाख एक हजार सात सय दशजना सङ्क्रमित भएका छन् । चीनपछि कोरोनाबाट बढी प्रभावित हुने देश इटाली हो । चीनमा ३,०४२ जनाको मृत्यु भइसकेको छ भने इटालीमा १९७ जनाको मृत्यु भएको छ । इटालीपछि दक्षिण कोरिया, इरान, फ्रान्स, अमेरिका आदि देश बढी प्रभावित देशको सूचीमा पर्छन् । पछिल्लो तथ्याङ्क हेर्दा कोरोनाको उद्गमस्थल क्रमशः नियन्त्रण र सुधारोन्मुख देखिन्छ भने अन्य देशमा भने मर्ने र सङ्क्रमित हुने सङ्ख्यामा वृद्धि भएको छ । उत्तरी छिमेकी देश चीनमा महामारी नेपाल फैलिँदा र विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्ने प्रतिवेदन प्रकाशित गरेको छ । यसरी नेपाल सरकार थोरै सचेत देखिए पनि पूर्वतयारी पर्याप्त देखिदैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।