फागुन २५ – केहि समय अगाडी अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको फिल्म ‘धुपौरे’को निमार्ण टिमले अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा हालेको थियो । उप्त खबर थाहा पाउदा आफु दुखि र स्तब्ध भएको फेसबुक मार्फत अनमोल केसीले सार्वजनिक गरेका छन् ।

केहि समय अगाडी चलचित्र “धुपौरे” मा अनमोल केसी साठि लाखमा अनुबन्धित भएको खबर चर्चामा थियो । चरित्र जिबन्तता बनाउनको लागि अनमोलले निर्देशक साम्तेन भुटिया संग लोकेसनमा पुगेर अध्ययन गरेको तस्बिर समेत निमार्ण टिमले सार्वजनिक गरेको थियो । “धुपौरे”को चरित्र निर्वाह गर्नका लागी अनमोलले निकै मेहनत गरेको भनेर समाचार आएको थियो । गत मंसिरमा नै फ्लोरमा जान लागेको फिल्मलाई स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले चलचित्र नगर्ने समाचार बाहिर आएको थियो । यो बारेमा निर्माण टिमले भने यस विषयमा आफुहरुलाई कुनै जानकारी नभएको र चलचित्र सुटिङमा जाने समेत जानकारी गराएको थियो ।

यसरी निमार्ण टिम र अनमोल केसी बिचको विवाद छताछुल्ल भएको छ यतिसम्म कि अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा समेत हालिएको थियो । आफ्नो फेसबुक पेज मार्फत अनमोलले “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा आफु माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनेंको र स्तब्ध भएको बताएका छन् ।

उनले आफुले स्क्रीप्टलाई प्राथमिकता दिने गरेको तर “धुपौरो” साइन गर्दा वानलाइन स्टोरी मात्र पढेर साइन गरि ३,४ महिना अघि ५ लाख रुपैया लिएको स्बिकार गरे । त वानलाइन स्टोरी अनुसारको स्क्रीप्ट नभएकोले आफुले फिल्म खेल्न अस्विकार गरेको बताए । उनले भने’ “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र रु तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् ।’

धुपौरे’को निमार्ण टिमलाई केसीले एडभान्समा लिएको ५ लाख रुपैया जुनसुकै बेला फिर्ता लैजान सक्ने बताए । उनले भने ‘मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको छु’
तर निर्माण युनिटले निमार्ण टिम स्क्रिप्ट सच्चाउन सहमती भएर सच्चाउदा पनि फिल नगरेको बताएको थियो ।

यस्तो छ उनको फेसबुक स्टाटस :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।