file photo

१५ फागुन,दुई दिनदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई सयले बढेर ७९ हजार सात सय रुपैयाँ मा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन तोलमा ७९ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ७९ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी भने आज पाँच रुपैयाँले घटेर प्रतितोला नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।