फागुन १५ – बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा मौसमविद्का अनुसार बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । काठमाण्डौमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।