फागुन १५ भारतको नयाँ दिल्लीमा जारी हिँसामा बुधबार थप १४ जनाको मृत्यु भएपछि अहिलेसम मृतकको संख्या २७ पुगेको ।

बमबम
हिंसात्मक प्रदर्शनमा अहिलेसम्म २५० भन्दा बढी घाइते भएको बताइएको छ भने ३० जनाको अवस्था चिन्ताजनक रहेको छ ।

हिंसात्मक घटना बढेपछि दिल्लीका चार क्षेत्र मौजपुर, जाफरावाद, चांदबाग र करावल इलाकामा कर्फ्यु लगाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हिंसा बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सुरक्षा सल्लाहकार अजित डोभाललाई हिँसा रोक्ने कार्यादेश दिएर पठाएका छन् । बुधबार डोभालले हिँसाग्रस्त केहि ठाउको अनुगमन समेत गरेका छन् ।

हिंसामा संलग्न भएको आरोपमा अहिलेसम्म १०६ जनालाई हिरासतमा लिएको दिल्ली पुलिसले जानकारी दिएको छ ।

दिल्ली हिँसाका बारेमा परेका रिटमा दिल्ली उच्च अदालत र सर्वोच्च अदालतले पुलिसको कार्यशैली माथि प्रश्न उठाएको छ ।

हिंसामा अहिलेसम्म सय भन्दा बढी सवारी साधन, ८ सय भन्दा बढी पसल, घर र कैयौ मोटरसाइकल, स्कुटर जलाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मोदीले गरे शान्तिको अपिल स्

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गरेका छन् ।

केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उनले शान्त हुन आह्वान गरेका हुन् ।

जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि उनले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह गरेका छन् ।

नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा २७ जनाको मृत्यु भइसकेको र २५० भन्दा बढी घाइते भइसकेकाले अवस्थालाई सामान्य बनाउन सबैले भूमिका खेल्नुपर्ने भएको उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “नयाँ दिल्लीका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना तत्काल रोक्न आग्रह गर्दछु, अवस्थालाई शान्तिपूर्ण बनाउन सामान्यीकरण गर्न प्रहरी र अन्य सरोकारवालाहरु लागिरहेका छन् ।”
“शान्ति र एकता हाम्रो संस्कृति र परम्परा हो, मैले मेरा दिदीबहिनी र दाजुभाइलाई भाइचारा र शान्ति कायम गर्न आग्रह गर्दछु, हामी सबै तत्काल सम्हालिन अत्यावश्यक छ,” उनले लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।