news

एजेन्सी,सी टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास लिएकी छिन् । पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले हिजोबाट खेलाडी जिवन त्यागेकी हुन् । ३२ वर्षिया सारापोभा पछिल्लो समय कुमको चोटबाट पिडित थिइन् ।

पूर्व विश्व नम्बर एक सारापोभाले सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जितेकी थिइन् । उनको नाममा सन् २००६ को यूएस ओपन, २००८ को अष्ट्रेलियन ओपन र २०१२ र १४ को फेन्च ओपन टेनिसको उपाधि पनि रहेको छ ।

प्रतिबन्धीत औषधि सेवन गरेबापत सन् २०१६ मा १५ महिनाको प्रतिबन्ध भोगेकी सारापोभाले अर्को वर्ष टेनिसमा पुनरागमन गरेपनि सोच अनुसारको सफलता पाउन सकिनन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।