१५ फागुन,कैलालीकी छात्रा दीपा नेपालीले काठमाडाैं आउनुअघि जे सोचेकी थिइन् भोगाइ त्यसको उल्टो भइरहेको छ। सहरका मान्छे शिक्षित र सभ्य होलान्, जातीय छुवाछुत नहोला यस्तै सपना बोकेर गत मंसिरमा काठमाडौं आएकी थिइन उनी। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएकी दीपा जातकै कारण दुव्र्यवहार खेप्न बाध्य छिन्। घरबेटीले दलित भएकै कारण सूचना टाँसेर कोठा (डेरा) छाड्न बाध्य पारेको उनी बताउँछिन्। आफ्नो पीडा खेप्न नसकेपछि दीपा मंगलबार मानवअधिकार खोज्दै काठमाडौंमा भएको एक कार्यक्रममा पुगीन्। दलित नागरिक समाजले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र दलित अधिकारकर्मीलाई आफ्नो पीडाको घटनाक्रम बारे सुनाइन्।

कार्यक्रममा सहभागीहरूलाई दीपाले पीडा सुनाउँदै भनिन्। ‘मेरा दुईभाई एक वर्षअघि उच्च शिक्षाका लागि यहाँ (काठमाडौं) आएका थिए। एउटै ठाउँमा बसरे पढ्दा खर्च कम हुने र पढाइ पनि राम्रो हुनेभन्दै अविभावकले मलाई पनि पठाए। म अहिले कानुन विषयमा स्नातक र अंग्रेजी विषयमा स्नकोत्तर अध्ययन गर्दै छु। आठ महिनासम्म काठमाडौंको नेपालटारमा बसे। त्यसपछि कान्छो भाइ अयो उसको कलेज पायक पर्नेगरी कोठा सार्नुपर्ने भयो। जहाँ गएपनि आफ्नो नामथर प्रष्ट भन्दै आएकी थिए। दलित भएकै कारण मैले कोठा कतै पाएन। निरन्तर तीन महिनाको प्रयासपछि मंसिर १३ गते तारकेश्वर नगरपालिकामा निजामती कर्मचारी श्रीकृष्णा विंडारीको घरमा पुगे। त्यहाँ घरबेटीसँग जातको कुरै नभएर कोठाको सम्झौता भयो। तीन महिनापछि कोठा पाएपछि निकै खुसी भएका थियौं।

मंसिर १३ गते साँझ घरबेटी विंडारीकी छोरी परिचय गर्न पुगीन त्यसबेला मैले वास्तविक नामथर बताए। त्यसको भोलीपल्ट अर्थात् मंसिर १४ गते विहान घरबेटीले बोलाएर तिमीहरू दलित रहेछौं कोठा छाड्नु पर्याे भने। उनले आफूलाई मात्र नभइ यहाँ डेरा गरेर बस्ने अरुलाई पनि समस्या परेकाले कोठा सार्नु भनेपछि मैले बुला हजुरले पनि यस्तो कुरा भन्न मिल्छ र भन्दै मैले प्रश्न गरे तर कुनै जवाफ आएन। नागरिक दैनिकले खबर छापेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।