साङ्केतिक तस्विर

फागुन १३ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले  तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ ।

मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । जिल्ला प्रहरी कार्यालय अन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताए ।

बेसीशहरमा बढी बालविवाह हुने गरेको बताइएको छ । यहाँका बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ ।

बालविवाह न्यूनीकराणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ । बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।