फागुन १३- बिग बोस-१३ फेम माहिरा शर्मामाथि नक्कली प्रमाणपत्र बनाएको आरोप लागेको छ। बिग बोस(१३ कि प्रतिस्पर्धी माहिरा प्रतियोगिता सकिएपछि पनि चर्चामा छिन्। पछिल्लो समय उनी अभिनेत्री आलिया भट्टको ड्रेसिङ स्टाइल नक्कल गरेका कारण ट्रोल भएकी थिइन्।

अहिले माहिराले आफैंलाई अप्ठ्यारोमा पार्ने काम गरेकी छन्। उनलाई दादा साहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल अवार्डको नक्कली प्रमाणपत्र बनाएको आरोप लागेको छ। दादा साहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल ९डीपीआईएफएफ० को आधिकारिक टिमले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमार्फत माहिरामाथि नक्कली प्रमाणपत्र बनाएको आरोप लगाएको छ। टिमका अनुसार, माहिराले केही दिनपहिले एक इन्स्टाग्राम पोस्ट सेयर गरेकी थिइन् जसमा उनले ‘बिग बोस(१३ मा ‘फेसनेबल कन्टेस्टेन्ट’ बन्न प्रतिष्ठित समारोहको प्रमाणपत्र लिएकी देखिएको छ। माहिराको यो दाबीबारे डीपीआईएफएफ टिमले भनेको छ, ‘कुनै पनि टिमका सदस्यले माहिरालाई यो प्रमाणपत्र दिएका छैनन्।’

माहिराको यो हर्कतलाई अनैतिक र अरुचिकर भन्दै डीपीआईएफएफ टिमले एक धम्कीपूर्ण पत्र लेखेको छ। भ्रामक गतिविधि गरेका कारण ४८ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएको छ। यसो नगरेमा उनीमाथि कानुनी कारबाही हुनेछ।अन्नपुर्णपोष्टबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।