हेटौँडा,१३, फागुन ।
हेटौँडामा रहेको नारायणी कलेजको सप्ताहाब्यापी खेलकुद प्रतियोगिता अन्र्तगत आज छात्र भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ को पारिजात सदन प्रथम भएको छ ।
आज भएको प्रतियोगिता कक्षा १२ को पारिजात सदनले १२ कै अरनिको सदनलाई पराजित गरेको हो । प्रतियोगितामा पारिजातको अमृत तिमल्सिना उत्कृष्ट खेलाडी बने ।
कार्यक्रम अन्र्तगत भोली म्युजिकल चियर तथा छात्र फुटसल हुने विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले बताए । प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।