file photo

हेटौंडा,१३ फागुन, नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा सहभागी वडाका प्रतिनिधिको उपस्थितिमा खेलतालिका सार्वजनिक गरिएको हो ।

पुरुष तथा महिला दुबैतर्फ १०÷१० टिमको सहभागिता रहेको छ । लिग कम नकआउट प्रणालीमा आयोजना गर्न लागिएको प्रतियोगिता भोलि बुधबारबाट सुरु हुँदैछ । पुरुषतर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १३, १६, १७ र १९ नम्बर वडा सहभागी छ भने महिलातर्फ ५, ६, ८, ९, ११, १२, १३, १४, १७ र १९ नम्बर वडा सहभागी छन् । शुक्रबारसम्म चल्ने प्रतियोगिता हेटौंडाको हुप्रचौरमा हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशः ५० हजार र २५ हजार रुपयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र स्वर्ण भण्डारले पनि सहयोग गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।