File photo

काठमाडौँ, १३ फाल्गुन । विश्वभर कोरोना भाइरसको त्रास झन् फैलिएको छ । पछिल्लो एक रिपोर्ट अनुसार कोरोना भाइरसका कारण चीनमा  २५०० जनाभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ७७ हजार नाघेको छ । त्यस्तै झण्डै २४ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

चीनले संक्रमितहरुको उपचारका लागि हरसम्भव प्रयास गरिराखेको छ भने हस्पिटल निर्माण कार्यलाई पनि उत्तिकै तिब्रता दिएको छ । तर, कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्न कठिन भएको बताइएको छ ।

कोरोना भाइरस कसरी सर्छ भन्ने कुरा अझै पनि पुष्टि नभएको यसमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।