काठमाडौँ । आगामी एभरेष्ट प्रिमियर लिग ९इपिएल० मा ललितपुर प्याट्रोटसले तीन विदेशी खेलाडी घोषण गरेको छ । ललितपुरले आगामी सिजनका लागि तीन पाकिस्तानी खेलाडीलाई भित्र्याएको हो । ललितपुरले अलराउन्डर हम्माद आजम र हस्सान खान तथा देब्रे हाते बलर मिर हाम्जालाई साइन गरेको छ ।

ललितपुरले यस अघि नै श्रीलंकाका पुर्व कप्तान उपल थरंगालाई साइन गरिसकेको छ । इपिएल आयोजकले विदेशी खेलाडी भित्र्याउने नयाँ नियम बनाएसँगै यस अघि वेस्टइन्डिज क्रिस गेल र स्कटल्याण्डका जर्ज मुन्से पोखरा राइनोजबाट, डवाने स्मिथ भैरहवाबाट, श्रीलंकाका उपुल थरंगा ललितपुर तथा अफगानिस्तानका मोहमद शाहजाद र आयरल्याण्डका पाउल स्टर्लिङलाई चितवनबाट खेल्ने गरि सम्झौता गरिसकेका छन् । यस सिजनको इपिएल चैत्र १ गतेदेखि १५ गतेसम्म हुदै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।