हेटौंडा,१२ फागुन,बागमती प्रदेशको राजधानी हेटौंडामा आईतबार साँझ हावाहुरी सहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका धेरैजसो पहाडी भेगमा वर्षा हुने जनाएको थियो । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको थियो ।

सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । राती पनि देशका मध्य तथा पुर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।