file photo

हेटौंडा,१२ फागुन,नगरस्तरीय भलिबल आयोजनाका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र स्वर्ण भण्डारले सहयोग गर्ने भएको छ । बुधबारदेखि सुरु हुने नगरस्तीय भलिबल प्रतियोगिताका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले आमा टीकादेवी जोशीको स्मृतिमा महिलातर्फ प्रथम र द्वितीय स्थानको पुरस्कार रकम बराबर ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता भएको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरले जनाएको छ ।  यस्तै स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले पुरुषतर्फ द्वितीय पुरस्कार स्वरुप ३० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ ।

प्रतियोगितामा नगरका १९ वटा वडाबाट महिला र पुरुष टिम सहभागी हुन सक्ने बताइएको छ । भोलि मंगलबार सम्ममा सहभागी हुने टिम निश्चित हुने प्रतियोगिताका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । प्रतियोगिता हेटौंडाको हुप्रचौरमा आयोजना हुनेछ । प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले प्रमुख सहयोग गर्दैछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।