सांकेतिक तस्बिर

फागुन १२ – सोमबार पनि सुनको मूल्य बढेर नयाँ किर्तिमान बनाएको छ । सुनको मुल्य अहिलेसम्मकै धेरै पुगेको छ । लगातार बढिरहेको सुनको मुल्य आइतबार प्रतितोला १५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सयले बढेर छापावाला सुन प्रतितोला रु ८० हजार ३ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक मुल्य कायम भएको हो । यस अघि आइतबार सुनको मुल्य प्रतितोला ७८ हजार ८ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ८० हजारमा कारोबार भैरहेको छ ।

यस्तै, सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । महासंघका अनुसार सोमबार चाँदीको मुल्यमा प्रतितोला ५ रुपैयाँ बढेर ९२५ मा कारोबार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।