१२ फागुन,११ औं संस्करणको इन्डियन आइडल शनि हिन्दूस्तानी बनेका छन् । आइतबार राति भएको फिनालेमा फाइनल चरणमा पुगेका चार जनालाई पछि पार्दै शनी इन्डियन आइडल बनेका हुन् ।  ५ करोड जनताले भोटिङ गरेर टुंगो लगाएको इन्डियन आइडलको फिनालेमा रोहित सामराव दोस्रो, अनकोना मुखर्जी  तेस्रो, अद्रिज घोष चौथो तथा रिधम कल्याण पाँचौं भएका छन् ।

जितसंगै गरिब परिवारमा जन्मेका भटिन्डाका शनिले २५ भारु र एउटा कार पाएका छन् । त्यस्तै टि सिरिजको एउटा फिल्ममा गीत गाउने अवसर पाएका छन् । उनले इन्डियन आइडल बन्नुअघि नै दुई वटा फिल्ममा गीत गाइसकेका छन् ।  उनी १४ वर्षका हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।घरको हालत ठीक नभएकाले इन्डियन आइडलमा आउनासाथ उनलाई नेहा कक्कडले एक लाख भारु दिएकी थिइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।