file photo

फागुन १२- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई अध्यक्षबिच छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

दुई अध्यक्षबिच समसामयिक विषयमा केन्द्रित भएर छलफल भइरहेको उनले बताए । छलफलको केन्द्रमा वामदेव गौतम र गोकुल बाँस्कोटा रहेको जनाइएको छ ।

वामदेवलाई प्रधानमन्त्री बनाउने बाटो खोल्नका लागि संविधान संशोधनको प्रस्ताव गरिएको चर्चा भइरहेका बेला ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।
माधव नेपाल नेतृत्वमा खिमललाल देवकोटा र सुवास नेम्वाङ सदस्य रहेको कार्यदल बनाएको थियो । उक्त कामको सामाजिक सञ्जाल र पार्टी पंक्तिभित्र चर्को आलोचना भएपछि यसबारे छलफल गर्न अध्यक्षद्वय छलफलमा बसेको बताइएको छ ।

यस्तै घुस रकम बार्गेनिङ्ग गर्दै गर्दाको अडियो सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटा प्रकरणबारे पनि कुराकानी भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।