फागुन १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा मनाए । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् ।

oli damak ghar 2422020032705 1000x0

यतिबेला प्रधानमन्त्री निवास बालुवाटार बसिरहेका उनले ५६ वर्षको झापा बसाइँमा जन्मदिन यसरी भव्य रूपमा कहिल्यै मनाएका थिएनन् ।

१२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ । तर, सर्वसाधारणले ओलीको घर भनेर दुइटा घरलाई चिन्ने गर्छन्। याे खबर अाजकाे कान्तिपुरमा छापिएकाे छ।

kp oli ghar 2422020032823 1000x0

तर, प्रधानमन्त्री ओलीकै नाममा झापामा घर छैन। उनको नामले चिनिने घरहरू आइतबार सुनसान रहे।

बुबा मोहनप्रसाद पनि आठराई नै गएपछि हिमालीचोकको घर सुनसान थियो। मेयर ओली पनि सपरिवार आठराईमै जन्मदिनको कार्यक्रममा सरिक भएपछि दमकस्थित निवास सुनसान रह्यो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।