मनहरी,मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर ५ राबाङ र मनहरी गाउँपालिका वडा नंबर ९ मुस्लेका चेपाङ समुदायका लागि आवश्यकतामा आधारित कपडा र खाद्यान्न वितरण गरिएको छ ।

लायन्स क्लव अफ हेटौंडाका तर्फबाट सुदर्शन अधिकारीको संयोजनमा कपडा तथा खाद्यान्नको व्यवस्थापन गरिएको हो । राबाङ र मुस्लेमा बसोबास गर्ने चेपाङ समुदायका बालबालिकाहरुका लागि कपडा, बिस्कुट, चाउचाउ लगायत खाद्यान्न वितरण गरिएको थियो ।

वितरण समारोहमा नलेज भिलेजकी निलम अधिकारी, गंगा लामा, गैससकर्मी नवीन सुवेदी, नेपाल कम्युनिष्ट पार्टी मनहरीका सचिव हेमलाल उप्रेती, सेन्चुरी बैँक मनहरी शाखा प्रमुख सुदन अधिकारी, सञ्चारकर्मी शिवकुमार काशी, न्यू मण्डली मुस्लेका पाष्टर रामकृष्ण प्रजा लगायतको सहभागिता थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।