हेटौंडा, १२ फागुन – मकवानपुरको बकैया गाउँपालिकामा बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले भान्छा नै औषद्यालय भन्ने मुख्य नाराका साथ अभिमुखिकरण कार्यक्रम फागुन ८ गते सम्पन्न गरेको छ । बकैया गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता पालिकाका कार्यकारी अधिकृत लक्ष्मण पुडासैनीले गरेका थिए ।

अर्गानिक बकैया गाउँशहर माटो र वायुमा शून्य जहर नामक नारा दिईएको उक्त कार्यक्रममा बकैयाका २२ सहकारी संस्था तथा १० कृषक एवम् आमा समुहका प्रतिनिधि गरि करिब ६० जनाले सहभागीता जनाएका थिए । सो कार्यक्रममा बकैया गाउँपालिका वडा न. ५ का वडाअध्यक्ष शेरमान गोले तथा सहभागिको तर्फबाट नमुना प्राङ्गारिक कृषि सहकारीका अध्यक्ष अमृत सुवेदीले आफ्नो धारणा राखेका थिए ।

लगत्तै सोही सभाहलमा भएको सहकारी गोष्ठीमा विषयगत सहकारीको कार्य सुधार तथा समन्वयको लागि गाउँपालिका सहकारी समन्वय संजालका संयोजक सिताराम दाहालको पहल तथा नारायण घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कृषि सहकारी संजाल तथा जरिमाया वाइबाको संयोजकत्वमा बहुउद्देश्यीय सहकारी संजाल गठन भएको छ ।

गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रमका सहभागीले यो र यस्ता कार्यक्रमले बकैयामा पनि अब प्राङ्गारिक खेतिको थालनी हुने विश्वास पलाएको धारणा व्यक्त गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।