फागुन १२ – १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्नेभिरमा एयर डाइनेस्टिको ९ एन–एएमआइई एएस ५० बी३ई हेलिकोप्टर दुर्घटना भएको थियो।

सोहि दिन गठित जाँचबुझ आयोगले पाथिभरा हेलिप्याडबाट ‘अति उत्साहित’ पाइलटले प्रतिकूल मौसमका बावजुद होलिकोप्टर उडाएको पाइएको निष्कर्ष निकालेको छ।

आयोगले तयार पारेको प्रतिवेदन आज संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनले पाथिभरा हेलिप्याडबाट उड्नेबित्तिकै पाइलटले प्रतिकूल मौसमको सामना गर्नुपरेको पाएको छ। तीव्र गतिको हावा चल्नुका साथै हिउँ पर्न शुरु गरेको उक्त अवस्थामा पाइलटले हेलिकोप्टरमाथिको नियन्त्रण गुमाएको कारण भीरसँग ठोकिएर दुर्घटना भएको आयोगको निष्कर्ष छ ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।