हेटौँडा,१२, फागुन ।
हेटौँडामा रहेको नारायणी कलेजको सप्ताहाब्यापी खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । सप्ताहाब्यापी कार्यक्रमको पहिलो दिन आज छात्र तथा छात्राहरुको दौड प्रतियोगिता सम्पन्न भएको छ ।
आज भएको प्रतियोगिता अन्र्तगत २ किलोमिटर दौड प्रतियोगिताम विविएस प्रथम वर्षका विवेक मोक्तान प्रथम भए । त्यसैगरी द्वितिय स्थान कक्षा ११ का सांगे लामा हुँदा तृतिय कक्षा १२ का राजु लामा भए ।


छात्रा तर्फ १ किलोमिटर दौडमा कक्षा ११ की सुस्मीता पाख्रिनले प्रथम स्थान हाँसिल गर्दा कक्षा १२ कि प्रिया दंगाल दोश्रो तथा कक्षा १२ कै निकिता हुसेनले तेश्रो स्थान हाँसिल गनिन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख शुशिलसिंह राठौरको प्रमुख आतिथ्यतामा भएको कार्यत्रलममा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्र्तगत भोली छात्र भलिवल प्रतियोगिता हुने विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले बताए । प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।