फागुन १२- पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माले चितवन निवासी डा।उदीप श्रेष्ठसँग औंठी साटेकी छन् । काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा सोमबार अपरान्ह उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।

नायिका आँचलकाअनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभविवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ ।

आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।