
फागुन १२ – ललितपुरको बालकुमारीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिवस किशोर भट्टराई र ललिता राई रहेका प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बालकुमारी स्थित खरिबोटमा बा३८प ८३५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृतक दिवस भट्टराई काठमाडौं लाजिम्पाटका स्थानीय रहेका र मोटरसाईकल पछाडि बसेकी ललिताको भने ठेगाना नखुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्