file photo

१२ फागुन,काँग्रेस सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएको बताएका छन् । उनले नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका  छन् ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाए ।

सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्न कसैलाई छोड्न नहुने बताए । उनले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने पनि बताए । अडियो टेप प्रकरणमा नेपाली काँग्रेसले पनि खोजी गर्ने सभापति देउवाको भनाइ छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।