रोम,इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको छ । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक  ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो। इटालीको लोम्बार्डीमै यसअघि अन्य तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । भाइरसको संक्रमण देखिएसँगै इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा एक सय ५० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन्। लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन।

स्थानीय अधिकारीहरुले बार, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन्। कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगिन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन्।  इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।