file photo

कोरियामा कोरोना भाइरसको संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि नेपालबाट जाने श्रमिकलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको छ । कोरिया सरकारको अनुरोधमा रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत कोरिया जान उडान तालिका प्राप्त गरेका २०० नेपालीलाई कोरिया प्रवेशमा रोक लगाइएको छ ।

बैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले कोरिया सरकारको अनुरोधमा उडान तालिका तयार भएका नेपालीलाई रोकिएको बताए ।यद्यपी, नेपाल सरकारले हवाई टिकट नभएका कारण रोकिएको जनाएको छ ।

हाल कोरियामा विद्यार्थी, व्यवसायी र अन्य पेशामा कार्यरत बाहेक ३५ हजारको हाराहारीमा ईपीएसमार्फत गएका श्रमिक मात्र रहेका छन् । कारोबार दैनिकबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।