१२ फागुन,इंग्लिस प्रियिमर लिगमा आर्सनलले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले इभर्टनविरुद्ध ३–२ गोलको कठिन जित निकालेको हो ।

आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई जिताउन पेइर्रे इमकिर औबामेयाङले २ गोल गरे भने इड्डी एनकेइटियाले एक गोल गरे । यता, पाहुना टोली इभर्टनका डोमिनिक कल्भर्ट–लेविन र रिचार्लिसनले एक–एक गोल गरे ।

इभर्टनले खेलको पहिलो मिनेटमा लेवीनको गोलमा सुरुआती अग्रता बनाएको थियो । तर, खेलको २७औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए । यसैगरी खेलको ३३औं मिनेटमा औबामेयाङले गोल गरेपछि आर्सनलले अग्रता बनायो ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा रिचार्लिसनले गोल गर्दै इभर्टनलाई २–२ गोलको बराबरीमा फर्काए । 7तर, खेलको ४६औं मिनेटमा औबामेयाङले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गर्दै आर्सनलाई जिताए । यस जितसँगै नवौं स्थानको आर्सनलले २७ खेलबाट ३७ अंक बनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।