स्पेनिस ला लिगामा साविकको उपविजेता एथ्लेटिको मड्रिडले जित निकालेको छ ।आइतबार राति भएको खेलमा एथ्लेटिकोले भिल्लारियलमाथि ३–१ गोलको जित दर्ता गरेको हो । एथ्लेटिकोको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एन्जल कोरेर्रा, कोके र जाओ फेलिक्सले समान एक–एक गोल गरे ।

यता, भिल्लारियलका पाको अल्कासरले एक गोल गरे । वान्डा मेट्रोपोलिटियानोमा भिल्लारियलले सुरुआती अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा अल्कासरले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । तर, खेलको ४०औं मिनेटमा कोरेर्राले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि कोकेले ६४औं मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए भने ७४औं मिनेटमा फेलिक्सले गोल गरेपछि एथ्लेटिकोले ३–१ गोलको जित निकाल्यो । यससँगै तेस्रो स्थानको एथ्लेटिकोले २५ खेलबाट ४३ अंक बनायो । ला लिगाको शीर्ष स्थानको बार्सिलोनासँग ५५ अंक छ भने दोस्रो स्थानको रियलसँग ५३ अंक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।