फागुन १२ – तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।