सांकेतिक तस्विर

नयाँ दिल्ली, १२ फागुन,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आइपुगेका छन् । उनको सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्प श्रीमतीसहित दुईदिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन् । उनलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने र त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको इण्डिया टुडेले जनाएको छ ।

उनीहरूको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ । राष्ट्रपति ट्रम्ले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।