फागुन ११ – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिवस मनाउन तेह्रथुम जाने भएका छन् । आज प्रधानमन्त्री ओलीको ६९औं जन्म दिन हो ।

यसअगाडि काठमाडौंमै जन्म दिन मनाउँदै आएका थिए । तर, यसपटक पुर्खौली घर तेह्रथुमको आठराई गाउँपालिका–४ ९साविकको इवा गाविस–२० तीनसल्ले खानीगाउँ जाने भएका हुन् ।

प्रधानमन्त्री ओली तीनसल्लेमै जन्मेका थिए भने बाल्यकाल पनि त्यही बितेको थियो । पछि झापा बसाइ झरेका ओलीको अहिले भने भक्तपुरमा बसोबास रहिआएको छ ।

प्रधानमन्त्री ओली आज तेह्रथुम जाने भएपछि जन्मदिनको अवसर पारेर शनिबार नै ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।