काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लेभान्टेसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लेभान्टेका लागि मोरेल्सले खेलको ७९औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । हरसँगै च्याम्पियन्स लिग र एल क्लासिकोको खेल अगाडी यस खेलमा इडेन हजार्ड फेरी घाइते भएका छन् । उनले खेलको ६७औ मिनेटमा मैदान छोडेका थिए ।

यो हारपछि रियलले शिर्ष स्थान फेरी एक पटक गुमाएको छ । रियल म्याड्रिडको २५ खेलमा ५३ अंक छ भने शिर्ष स्थानमा उक्लिएको बार्सिलोनाको २५ खेलमा ५५ अंक रहेको छ । बार्सिलोनाले गएराती नै इबरमाथि ५-० को जित हासिल गर्दै ला लिगामा शिर्ष स्थानमा उक्लिएको थियो ।

त्यस्तै लेभान्टेको भने २५ खेलमा ३२ अंक भएको छ र लिगको १०औ स्थानमा उक्लिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।