११ फागुन,इटालियन सिरी ‘ए’ मा युभेन्टसले एसपालमाथि कठिन जित पाएको छ । एसपालको घरेलु मैदानमा युभेन्टसले घरेलु टोली एसपाललाई २–१ ले हरायो । युभेन्टसको जितमा रोनाल्डोसँगै आरोन राम्सीले एक गोल गरे ।

एसपालका लागि एन्ड्रिय पेटाग्नाले एक गोल गरे । सिरी ‘ए’ प्रतियोगितामा लागतार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानमा आफूलाई पनि पुर्याएका रोनाल्डोले १ हजारौँ खेल खेल्दा एसपालमाथिको जित भने काठिन थियो ।

एसपालमाथि जित हासिल गर्दा युभेन्टसले २५ खेलबाट ६० अंक जोडेको छ । एक खेल कम खेलेका लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ । रेलिगेसनको पुछारमा रहेको एसपालको १५ अंक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।