हेटौंडा,११ फागुन,श्रीकृष्ण प्रणमी मन्दिरमा शुक्रबार बाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दोस्रो दिनसम्म १ लाख ६७ हजार संकलन भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नंबर ५ सुन्धरधाम सामरीको श्रीकृष्ण प्रणमी मन्दिरमा भईरहेको सप्ताहमा सबैभन्दा बढी रकम शुदर्शन प्रसाद वाग्लेले सहयोग गरेका छन् । उनले ३१ हजार रुपयाँ सहयोग गरेका छन् ।

श्रीकृष्ण प्रणमी सेवा नेपाल मन्दिर सञ्चालक समितिले आफ्नो ४१ औं वाषिर्कोत्सवको अवसरमा भूकम्पले क्षेती ग्रस्त भई निमार्णधिन अवस्थामा रहेको श्रीकृष्ण प्रणमी मन्दिर निर्माणर्थ सहयोग जुटाउन र विशुद्ध धार्मिक एवम् आध्यात्मिकमोक्ष प्राप्त गर्ने निस्वार्थ भावनाले सप्ताहको आयोजना गरिएको मूल आयोजक समारोह समितिका प्रचारप्रसार संयोजक समेत रहेका श्रीकृष्ण प्रणमी सेवा नेपाल मन्दिर सञ्चालक समितिका सचिव देवि प्रसाद अधिकारी जानकारी दिए ।

श्रीकृष्ण मन्दिरको निमार्ण कार्य सम्पन्न गर्न अनुमानित लागत २ करोड लाग्ने आयोजकले जनाएको छ । महायज्ञमा लाग्ने अनुमानित खर्च १३ लाख कटाई महायज्ञबाट ३० लाख रुँपया उठाउने आयोजको लक्ष्य रहेको छ । महायज्ञमा नेपालकै प्रथम भागवत वाचिका तारा घिमिरेले कथा वाचन गरिरहेकी छन् ।

१५ गते सम्म हुने सप्ताहमा आई भूकम्पले क्षेती ग्रस्त भई निमार्णधिन अवस्थामा रहेको श्रीकृष्ण प्रणमी मन्दिर निमार्णमा तनमन धनले सहयोग गर्न आयोजकले मकवानपुरगढी गाउँपालिका तथा छिमेकी हेटौंडा उपमहानगरपालिकामा रहेका विभिन्न संघ संस्थाहरु लाई अनुरोध गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।