file photo

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इबरमाथि फराकिलो जित हासिल गरेको छ ।शनिबार सम्पन्न खेलमा बार्सिलोनाले इबरमाथि ५-० को जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले चार गोल गरेका छन् । मेसीले खेलको १४औ, ३७औ र ४०औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए भने खेलको ८७औ मिनेटमा चौथो गोल गरेका थिए ।

बार्सिलोनाका लागि पाँचौ गोल अर्थरले गरेका थिए । योजितसँगै बार्सिलोना फेरी ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २५ खेलमा ५५ अंक छ  ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।