तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १-० गोलले पराजित गर्दै जावलाखेलले उपाधी उचालेको हो ।

जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियर ४९ औ मिनेटमा गरेको एक मात्र गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो । पहिलो हाफ गोल रहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको पाँचौ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन । हिजो भएको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेलले फाईनलमा हिमालयनसंगको भेट पक्का गरेको थियो । जितसंगै जावलाखेलले ६ लाख नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनले लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

खेलको म्यान अफ द म्याच जावलाखेलका दिलेन मोक्तान भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको सर्बोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका बिदेशी खेलाडी अदा म डुम्बिया भए । उनले नगद ५० हजार प्राप्त गरे । यसै गरी प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए , उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका का अरुण ब्लोन भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसि भए । उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्रप्त गरेका छन् ।

गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्ने ब्यवस्था मिलाइएको थियो । पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।