उपाधि संगै महेन्द्र मावि छतिवनका शिक्षक खेलाडीहरु तस्विर: सुमन दाहाल/खबरब्रेक

हेटौंडा,११ फागुन,हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित हुप्रचौरमा भएको जिल्ला स्तरिय शिक्षक भलिवलको उपाधि बकैया गाउँपालिका वडा नंबर ४ स्थित महेन्द्र मावि छतिवनले हात पारेको छ । गत वर्षको उपविजेता महेन्द्र मावि छतिवन यस पटक भने उपाधि चुम्न बाट चुकेन ।

आज भएको फाईनल खेलमा राक्सीराङ्ग गाउँपालिका वडा नंबर ३ स्थित सुर्योदय मावि सरिखेतलाई सोझो सेटमा हराउँदै महेन्द्रले जिल्ला स्तरिय शिक्षक भलिवलको उपाधि हात पारेको हो । महेन्द्र मावि छतिवनले सुर्योदय मावि सरिखेतलाई पहिलो सेटमा २५-२० अङ्क ले हराएको थियो भने क्रमश दोस्रो र तेस्रो सेटमा पनि २५-१६ र २५-१७ अङ्क मा हराउन सफल भयो ।  जिल्ला स्तरिय शिक्षक भलिवलको उपाधि सगैं महेन्द्र मावि छतिवनले नगद २० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरि सुर्योदय मावि सरिखेतले दोस्रो स्थानमा चित्त बुझाएको छ । सुर्योदयले नगद १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगिताको तेस्रो स्थान जनक मावि भिरकोटले लिएको छ । जनकले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । गत वर्षको विजेता समेत रहेको जनक माविले यस पटक भने तेस्रो स्थानमा चित्त बुझाएको छ । जनक मावि सेमिफाईन खेलमा सुर्योदय मावि सरिखेत संग पराजित भएको थियो ।

प्रतियोगितामा जिल्ला भरका १९ वटा विद्यालयको सहभागिता रहेको थियो ।  प्रतियोगिताको उत्कृष्ट खेलाडी महेन्द्र माविका शिक्षक रमेश परियार घोषित हुँदै उनले नगद ३ हजार सहित शिल्ड हात पारे ।

यस्तै सुर्योदय मावि सरिखेतका शिक्षक सिताराम सुवेदी उत्कृष्ट स्पाइकर घोषित हुँदै उनले नगद २ हजार सहित शिल्ड हात पारे ।

यसैगरि महेन्द्र मावि छतिवनकै शिक्षक प्रकाश थापामगर उत्कृष्ट सेटर चुनिँदै नगद २ हजार सहित शिल्ड हात पारे ।

प्रतियोगिताको अनुशासित टिम त्रिभुवन मावि भएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य रामेश्वर राना को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको सभाध्यक्षता भएको थियो ।


सुमन दाहाल
सुमन दाहाल
nagarikvai19@gmail.com
समाचार संयोजक